News फूटबल रेफ्री बिक्की कार्कीले असहाय दम्पतीलाई घर बनाई दिए
गोलनेपाल
एक प्रयास समाज खुशिका लागी हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने नारा सहित विराटनगरका फुटबल रेफ्री तथा प्रशिक्षक बिक्रम कार्की ( बिक्की ) ले आफ्नो पेसा भन्दा भिन्नै तर निकै प्रेरणादायी काम गरेका छन् । 
 
विराटनगर १ पोखरिया परोपकार घाटका लालबहादुर श्रेष्ठ र शुशिला श्रेष्ठ दम्पतीको घर गत सालमा आएको बाढीले क्षती गरेको थियो । श्रीमान् मुटुको रोगी छन् भने श्रीमती प्यारालाईसिसबाट ग्रस्त छिन् र परिवारमा दुइ जना मात्र छन् । श्रेष्ठ दम्पतीका छोरा दिपक श्रेष्ठको पनि निधन भाहिसकेको छ र परिवारमा दुइ मात्र रहेका छन् । कुनै समय फुटवलका गोल किपर रहेका श्रेष्ठ दम्पतीका छोरा दिपक श्रेष्ठको २०५६ सालमा निधन हुन पुग्यो ।

 घर नभएर बाहिरै बस्नु पर्ने अवस्थामा पुगेका श्रेष्ठ दम्पतीलाई एउटा घर बनाइदिने सोच बनाउदै बिक्कीले विभिन्न क्षेत्रबाट रकम जुटाउन सुरु गरे । सुरुवाती दिनमा रकम उठाउन निकै कस्ट गर्नु परे पनि पछि भने केहि सहज हुदै गयो । ४०२ दिनको मेहेनतपछि करिब २ लाख पचास हजारको लागतमा एउटा सानो र चिटिक्क परेको घर बन्यो । घर निर्माणको लागि विराटनगर महानगरपालिका, राउत कन्ट्रक्शन, जिवन विकास समाज, सेन्ट म्यारीज स्कुलले निर्माण सामाग्री उपलब्ध गराएका थिए ।
 
विभिन्न क्षेत्रबाट राम्रो सहयोग प्राप्त गरे पनि आजै पचास हजारको ऋण रहेको बताउदै बिक्कीले अब यो ऋण तिरी सक्दा मेरो सपना पूर्ण रुपमा सफल हुने बताए । कार्यक्तममा उपस्थित भीम पराजुली, पर्शुराम बस्नेतले दम्पत्तीहरु प्रति गरेको सहयोग प्रति कृतज्ञाता प्रकट गर्दै बाँकी रहेको ऋण आफूहरुले तिर्न सहयोग गर्ने बताए । त्यो कार्यक्रम सम्पन भए पछि घर हस्तान्तरण गर्ने पल साचै शुशिला श्रेष्ठको लागि एउटा खुसिको पल थियो र त्यो खुसिको आसु झर्दै शुशिला श्रेष्ठले भनिन् साचै बिक्की हाम्रो छोरो भएर आएको छ ।
 
Post Comments