News आयोजक रानीगञ्ज ए क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगितातर्फ शुक्रबार आयोजक रानीगञ्ज युवा क्लब ए क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको खेलमा रानीगञ्ज ए ले रामनगर एफसीलाई २–० ले हरायो । आयोजकको जितमा शरद क्षेत्री र अर्जुन नेपालीले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच भने आयोजक क्लब कै एलिस मगर घोषित भए ।

बुटवल मिड टाउन पनि सफल

यसअघि शुक्रबार नै भएको अर्को खेलमा बुटवल मिड टाउनले पनि जित हात पारेको छ । मिड टाउनले प्रगतिनगर एफसीलाई २–० ले हरायो ।

मिड टाउनको जितमा दुवै गोल पेनाल्टीबाट सन्तोष परियारले गरे । परियार नै खेलको म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै मिड टाउन पनि क्वाटरफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।

शनिबारका दुई खेलहरु

प्रतियोगिता अन्तरगत शनिबारको पहिलो खेल सिमानगर एफसी र न्यु ईरा एफसीबीच हुनेछ । त्यस्तै दोस्रो खेल फर्साटिकर एफसी र बीएमसी एफसी बीच हुने खेल संयोजक आशिष पाडेले बताए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले जानकारी दिए ।

त्यस्तै विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष ४ गतेका दिन हुनेछ ।

 

Post Comments