News गोलनेपाल डटकमको गण्डकी प्रदेश कार्यालय पोखरामा स्थापना
गोलनेपाल

फुटबल खेलको विकासमा निरन्तर क्रियाशिल हुदै आएको गोल नेपाल डटकमको गण्डकी प्रदेश स्तरीय कार्यालय पोखरामा स्थापना गरेको छ ।

शुक्रबार देखि गोल नेपालले पोखराको सिद्धार्थचोकमा प्रदेश स्तरिय कार्यालय स्थापना गरेको हो । आफ्नो सेवा विस्तार गर्दै लाने लक्ष्यका साथ गोलनेपालले गण्डकी प्रदेशमा कार्यालय सुरुवात गरेको छ ।

कार्यालय स्थापना पश्चात गण्डकी प्रदेश भित्रका ११ वटै जिल्लाका सबै फुटबल गतिविधिलाई समेट्ने छ । प्रदेश भित्र हुने सम्पूर्ण फुटबल प्रतियोगितालाई प्रत्यक्ष प्रशारणमा समेत समेट्दै लैजाने बताईएको छ ।

बिबा मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत, बिक्रम थापा भन्नुहुन्छ, "हामी बिगत १० बर्ष देखी नेपाली फूटबल बिकासमा लागि परेका छौ। अब शहर केन्द्रित फूटबलले नेपालको फूटबल बिकास गर्न सक्दैन तेसैले हामी गाउ गाउँ पुग्न जरुरी छ। र यो हाम्रो प्रयास हो कि अब हामी गण्डकी प्रदेशको हरेक जिल्लामा पुग्नेछौ"।

थापाले अन्य प्रदेशमा पनि कार्यालय स्थापना गर्ने जानकारी दिनुभयो।

गोलनेपाल फाउनडेसनको बारेमा

गोलनेपाल कास्की संपर्कको लागि

Post Comments