कुञ्जलापुर । मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक झरना स्पोर्टस क्लब, कुञ्जलापुरको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
तिलोत्तमा–६, कुञ्जलापुर स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी खेलतालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा असोज २ गतेका दिन साविक विजेता भूपू सैनिक जवई स्र्पोटिङ क्लब, सालघारी र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल भिड्ने छन् । कुल रुपन्देही, नवलपरासी, स्याङ्जा, कपिलवस्तुका गरी १६टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज १७ गतेका दिन हुने खेल संयोजक विजय पुनले बताए ।
प्रतियोगिताको विजेताले रनिङ शिल्ड सहित ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिए । आफ्नो अध्यक्षतामा पहिलो प्रतियोगिता रहेको बताउँदै अध्यक्ष पौडेलले प्रतियोगिता अझै परिस्कृत रुपमा आयोजना गरेर सफल पार्ने बताए । साथै यो कार्यमा उनले सबैको सहयोग, समर्थनको अपेक्षा गरेको समेत प्रतिक्रिया दिए ।
त्यस्तै विधागततर्फ सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही २५–२५ हजार दिइने क्लबका पूर्व अध्यक्ष तथा संरक्षक समेत रहेका लोक पुनले जानकारी दिए । त्यसवाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही १०–१० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट संयोजक विजय पुनले जानकारी दिए न गरिने पनि खेल संयोजक विजय पुनले जानकारी दिए ।