News लेटाङलाई प्रथम पथरीशनिश्चरे कपको उपाधि
गोलनेपाल

फाइनल भिडन्तमा पथरी स्पोर्टिङ क्लबलाई ३–० ले पराजित गर्दै लेटाङ फुटबल क्लबले प्रथम पथरीशनिश्चरे कपको उपाधि हात पारेको छ । विजेता लेटाङका लागि अभिषेक लिम्बू, सुमन लिम्बू र उमेश कार्कीले गोलगरे ।

फाइनल खेलको म्यान अफ द म्याच लेटाङका उमेश कार्की घोषित भए । विजेता बनेको लेटाङले उपाधिसहित ५१ हजार हात पारेको छ भने उपविजेता पथरीले ट्रफी सहित ३१ हजारमा चित्त बुझाएको छ ।

विधागत उत्कृष्ट खेलाडीहरु यसप्रकार छन् :

गोलकिपर : अन्जित श्रेष्ठ (लेटाङ)
डिफेन्डर : अभिषेक लिम्बू (लेटाङ)
मिडफिल्डर : असिम राई (पथरी)
गोलकर्ता : अरुण लिम्बू (पथरी)
सर्वोत्कृष्ट खेलाडी : साइमन लिम्बू (पथरी)
प्रशिक्षक : माधव लिम्बू (लेटाङ)

सुनाखरी युवा क्लबको आयोजनामा असोज २२ गते देखि सञ्चालित प्रतियोगितामा कुल ८ टिमहरुले प्रतिस्पर्धा गरेका थिए ।

Post Comments