News झापाको जितमा मेनुकाको निर्णायक गोल
गोलनेपाल

प्रथम सनसाइन जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता अन्र्तगत सोमबारको खेलमा झापा गाउँपालिका विजयी भएको छ ।

ज्यामिरगढी माविको खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत तेस्रो दिनको खेलमा झापाले बाह्रदशी गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । विजयी टिमका तर्फबाट खेलको पहिलो हाफको अन्तिम समयमा जर्सी नम्बर ७ की खेलाडी मेनुका न्यौपानेले एक मात्र गोल गरीन् ।

सो खेलको वुमन अफ दी म्याच घोषित विजयी टिमकी गोलकर्ता मेनुका न्यौपानेलाई आयोजक सनसाइन महिला फुटबल क्लवले प्रोत्साहन स्वरुप नगद राशी १ हजार रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरेको थियो ।

प्रतियोगिता अन्तरगत मङ्गलबारको खेल जुनतारा एफसी र सतासीधाम एफसीबीच हुने आयोजक क्लवकी अध्यक्ष अस्मिता खवासले जानकारी दिइन् ।

Post Comments