सुकचर । प्रभावशाली जितका साथ पूर्वाञ्चल युनाइटेड फुटबल क्लब, सुन्दरुहरैचा यहाँ जारी चौथो बुढिगंगा सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलतर्फ पूर्वाञ्चलले कुसुमे साइनिङ फुटबल क्लब, केराबारीलाई ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । पूर्वाञ्चलको जितमा बबिन बोहराले ह्याट्रिक गर्दा सनम धिमालले थप एक गोल गरे । उता पराजित कुसुमेका लागि भने रोमन भुजेलले गरेका थिए ।
खेलमो म्यान अफ द म्याच भने पूर्वाञ्चल युनाइटेड कै रोहन कार्की चुनिए । प्रतियोगिता अन्तर्गत असोज३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल चुलाचुली फुटबल क्लब, दमक र एपिएफ पकली बीच हुने आयोजकले जानकारी दियो ।
नव युवा क्लब, बुढिगंगा–६, सुकचरको आयोजना तथा बुढिगंगा गाउँपालिका, मोरङ र बुढिगंगा गाउँपालिका वार्ड नम्बर ६ को कार्यालयको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।

- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)