News योङ स्टार क्वाटरफाइनलमा योङ स्टार क्वाटरफाइनलमा 
सुरज राना मगर

कुञ्जलापुर । योङ स्टार युथ क्लब, मडाहा यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ योङ स्टारले समपुर्ण युवा क्लब, सुपौलीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । 

खेलमा योङ स्टारका गोलरक्षक तथा कप्तान कुशल सुनार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज ६ गते आइतबारको खेल न्यु सिर्जना युवा क्लब, करौजिया र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।

 स्व. खगी गुरुङसेनीको स्मृतिमा उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।

Post Comments