तेल्लोक । सिरिजङगा गाउँपालिका स्थित, तेल्लोक, ताप्लेजुङमा वार्षिक रुपमा आयोजना हुँदै आएको सिरिजङगा गोल्डकपको चौथो संस्करण यस पटक अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप हुने भएको छ !
तेल्लोक स्र्पोटिङ क्लब, ताप्लेजुङको आयोजनामा आउँदो मंसिर २३ देखि २९ गतेसम्म हुने गईरहेको प्रतियोगिता यसपटक अन्तर्राष्ट्रिय आमन्त्रित गराउने निर्णय भएको आयोजकले जानकारी दियो ।
सिरिजङ्गा–४, तेल्लोक स्थित स्थानीय खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीलाई पनि तिव्रता दिइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब गरी कुल ८ टोलीहरुको सहभागिता रहनेछ ।
प्रतियोगिताको पुरस्कार राशी लगायत अन्य विविध विषयमा छिटै जानकारी गराईने पनि आयोजकले जानकारी दियो । यद्यपि प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
साथै सोही अवसरमा राष्ट्रिय कलाकारहरूको साथमा सिरिजङगा मेला समेत लगाउने तयारी गरिएको छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई