
दोभान । यहाँ जारी दोस्रो दोभान कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत चार खेलहरु सम्पन्न भएका छन् । पहिलो खेलमा युनाइटेड युथ एफसी (बी) ले लामाचौपारी एफसीलाई ३–० ले हरायो । खेलमा युनाइटेड युथका अरुण चौधरी म्यान अफ दि म्याच चुनिए ।
दोस्रो खेलमा चपरहट्टी एफसीले तिलोत्तमा एफसीलाई समान ३–० कै अन्तरले हरायो । खेलमा चपरहट्टीका अंकित रास्कोटी मगर च्यान अफ दि म्याच घोषित भए ।
तेस्रो खेलमा भगवती एफसीले अक्सफोर्ड एफसीलाई टाईब्रेकरमा ३–२ ले पराजित गर्यो । निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा भगवतीका सृजन श्रेष्ठ म्यान अफ दि म्याच बने ।
त्यस्तै चौथो खेलमा झरना युवा क्लबले अर्घाछाप एफसीलाई टाईबै्रकर मै ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा झरनाका सन्देश घर्ती मगर म्यान अफ दि म्याच घोषित भए ।
दोभान फुटबल क्लब, दोभान, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए । फाइनल खेल यही कार्तिक १३ गतेका दिन हुनेछ ।