News
गुड मर्निङ र आयोजक दोभान सेमिफाइनलमा
दोभान । गुड मर्निङ फुटबल क्लब र आयोजक दोभान फुटबल क्लब यहाँ जारी दोस्रो दोभान कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
तेस्रो क्वाटरफाइनलतर्फ गुड मर्निङले शिवपुर युवा परिवारलाई शून्यका विरुद्ध ३ गोलले हरायो । खेलमा गुड मर्निङका अनिल क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।
चौथो क्वाटरफाइनलतर्फ आयोजक दोभानले एलसीए फुटबल क्लबलाई शून्यका विरुद्ध ४ गोलको अनतरले पराजित गर्यो । खेलमा दोभानका मिलन आले मगर म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गतका चपरहट्टी फुटबल क्लब र नवजीवन फुटबल क्लबले यसअघि नै सेमिफाइनलमा स्थान बनाईसकेका छन् । कार्तिक १२ गते सोमबार दुवै सेमिफाइनल खेलहरु हुने खेल संयोजक सुनिल श्रेष्ठले बताए ।
Post Comments