News
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई काठमाडौं महानगरको २५ लाख

काठमाडौं । साफ महिला च्याम्पियनसितर्फ उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगे तापनि बुधबार फाइनलमा बंगलादेशससँग २–१ ले पराजित हुन पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई काठमाडौं महानगरपालिकाले नगद २५ लाख हस्तान्तरण गरेको हो ।
महानगरका मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोलले बुधबारको फाइनल खेल लगतै टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बालाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
महानगरले उक्त रकम महिला टोलीलाई प्रोत्साहन स्वरुप उपलब्ध गराएको हो । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै