राजारानी । मंगलबारदेखि शुरु भएको हाम्रो राजारानी अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगितामा हाम्रो इटहरी भेट्रान, सुनसरी र आयोजक हाम्रो राजारानी भेट्रान, धनकुटाले विजयी शुरुवात गरेका छन् ।
उद्घाटन खेलमा हाम्रो इटहरीले सागुरीगढी भेट्रान, धनकुटालाई २–१ ले हरायो । हाम्रो इटहरीको जितमा दुवै गोल सन्तोष राईले गरे । उता पराजित सागुरीगढीका लागि भने प्रकाश थापाले गोल गरेका थिए ।
खेलमा हाम्रो इटहरी भेट्रानका सन्तोष राई म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । यो जितसँगै हाम्रो इटहरी भेट्रान सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
त्यस्तै दिनको दोस्रो खेलमा हाम्रो राजारानी भेट्रानले एभरेष्ट भेट्रान, मोरङलाई २–० ले हराउँदै सेमिफाइनल सुरक्षित गर्यो । हाम्रो राजारानीको जितमा दुवै गोल बुद्ध चेम्जोङले गरे । चेम्जोङ नै खेलको म्यान अफ दि म्याच पनि चुनिए उनले पनि नगद ५ हजार र ट्रफी हात पारे । यो जितसँगै हाम्रो राजारानी पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन चौबिसे गाउँपालिका, राजारानी, धनकुटाका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए । हाम्रो राजारानी भेट्रान, धनकुटाको आयोजनामा शुरु प्रतियोगिताको समापन कार्तिक ३० गतेका दिन हुनेछ ।
- दोश्रो स्व. ज्ञान ब. र बुद्धिमाया लिम्बु स्मृति राजारानी भेट्रान फुटबल प्रतियोगिता २०८१: हाम्रो राजारानी भेट्रान फुटबल क्लब च्याम्पियन
- दोस्रो स्व.ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति भेट्रान फुटबल प्रतियोगिता: हाम्रो राजारानी भेट्रान र इलाम एफ.सी. यु.के. फाइनलमा
- इलाम एफसी युके भेट्रान र बरमेक नामफिङ्ग सिक्किम सेमिफाइनलमा
- राराका राम बने सर्वोत्कृष्ट खेलाडी
- सलहेशलाई ११औं गोर्खा रारा गोल्डकपको उपाधि