राजारानी धनकुटामा जारी दोस्रो स्व.ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति "हाम्रो राजारानी भेट्रान फुटबल प्रतियोगिता" अन्तर्गत आजको दोस्रो सेमीफाइनल खेलमा हाम्रो राजारानी भेट्रान राजारानी ले बरमेक नामफिड्ग भेट्रान सिक्किम, भारत लाई ५-३ गोलले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
खेलको नतिजा:
हाम्रो राजारानी भेट्रान राजारानी – ५ गोल
गोल गर्ने खेलाडीहरू:
- कृष्ण शाक्य (२२ मिनेट)
- बुद्ध चेम्जोड्ग (२६ मिनेट, १८ मिनेट दोस्रो हाफ)
- मित्र बस्नेत (६, २० मिनेट दोस्रो हाफ)
बरमेक नामफिड्ग भेट्रान सिक्किम, भारत – ३ गोल
गोल गर्ने खेलाडीहरू:
- गोपी बजगाई (१५ मिनेट)
- रमेश क्षेत्री (२३ मिनेट दोस्रो हाफ)
- कर्मा भुटिया (२५ मिनेट दोस्रो हाफ)
म्यान अफ द म्याच:
बुद्ध चेम्जोड्ग
उनि उत्कृष्ट प्रदर्शनका लागि नगद ५,००० रुपैयाँ र मेडलले पुरस्कृत भएका छन्।
हाम्रो इटहरी भेट्रान सुनसरी लाई ट्राइबेकरमा हराउँदै इलाम एफ.सी. यु.के. भेट्रान लण्डन फाइनलमा प्रवेश
राजारानी धनकुटामा जारी दोस्रो स्व.ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति "हाम्रो राजारानी भेट्रान फुटबल प्रतियोगिता" को पहिलो सेमीफाइनल खेलमा इलाम एफ.सी. यु.के. भेर्ट्रान लण्डन ले हाम्रो इटहरी भेट्रान सुनसरी लाई ट्राइबेकरमा ४-५ गोलको अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
खेलको नतिजा:
इलाम एफ.सी. यु.के. भेर्ट्रान लण्डन – ५ गोल (ट्राइबेकरमा)
हाम्रो इटहरी भेट्रान सुनसरी – ४ गोल (ट्राइबेकरमा)
ट्राइबेकर निर्णय:
खेलको नियमित समय २-२ गोलको बराबरीमा टाई भएको थियो। त्यसपछि ट्राइबेकरको सेसनमा इलाम एफ.सी. यु.के. भेर्ट्रान लण्डन ले ५-४ गोलको अन्तरले जित हासिल गर्यो र फाइनलमा प्रवेश गर्यो।
फाइनल खेलको जानकारी:
३० कार्तिक
हाम्रो राजारानी भेट्रान राजारानी vs इलाम एफ.सी. यु.के.
स्थान: राजारानी फुटबल मैदान, धनकुटा
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा