News तेस्रो समपुर्ण कपको फाइनलमा सिम्रिक
सुरज राना मगर

सुपौली । प्रभावशाली जितका साथ सिम्रक युवा क्लब, बुटवल यहाँ जारी स्व. बस बहादुर शेरपुजा पुन तथा दिलकुमारी शेरपुजा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा सिम्रिकले बलियो प्रतिद्वन्द्वी रेसुङ्गा युवा क्लब, दुर्गानगरलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । सिम्रिकको जितमा अरुण चौधरी, सुन्दर बगाले र सुरज चौधरीले गोल गरे । पराजित रेसुङ्गाका लागि भने आशिष थापाले एक मात्र गोल फर्काएका थिए ।

खेलमा सिम्रिकका सुरज थारु म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर २० गते बिहीबारको दोस्रो सेमिफाइनल खेल जनज्योति युवा क्लब, डिंगरनगर र चाँदनी युवा क्लब, दानापुर बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।

Post Comments