News चौथो अन्तरराष्ट्रिय सिरिजङगा गोल्डकपः आयोजक तेल्लोक स्पोटिङ सेमिफाइनल प्रवेश
गोलनेपाल

ताप्लेजुङको सिरिजङगामा तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा शुरू भएको चौथो अन्तरराष्ट्रिय सिरिजङगा गोल्डकपको पहिलो क्वाटरफाइलमा धनकुटालाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश गरेको छ ।

तेल्लोक मा.वि.को खेल मैदानमा आइतबार सम्पन्न पहिलो क्वाटरफाइनलमा सागुरीगढी धनकुटालाई एकका विरूद्ध दुई गोलले पराजित गर्दै आयोजक तेल्लोक स्पोटिङ क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । आयोजकको जितका लागि क्याप्टेन अनुप सेन्दाङ र दिपेश लिम्बुले एक एक गोल गरे भने धनकुटाका लागि सन्जय लिम्बुले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच आयोजकका अनुप सेन्दाङ घोषित भए ।

ऐतिहासिक व्यक्ति तेअङसी सिरिजङगा सिंह थेवेको ३२० औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको चौथो सिरिजङगा अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपमा सोमबार दोस्रो क्वाटर फाइनलमा ब्रदरहुड एफसी उदयपुर र न्यू स्टार झापा भिड्नेछन ।

मंसिर २३ गते देखि सुरू भएको प्रतियोगिता २९ गते सम्म सन्चालनमा रहनेछ । आठ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ सहित ट्रफि र उपविजेताले १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफि प्राप्त गर्ने तेल्लोक स्पोर्टिङक्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।

Post Comments