News स्व. मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मन्डे कप फुटसल हुँदै
सुरज राना मगर

बुटवल । मन्डे एफसी फुटसल क्लब, बुटवल, रुपन्देहीको आयोजनामा पुष ५ र ६ गतेका दिन स्व. मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मन्डे कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

बुटवल स्थित स्वर्णिम फुटसल कोर्टमा हुने प्रतियोगिताको पुष ४ गतेसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६५०० तोकिएको पनि खेल संयोजक सुरज थापाले जानकारी दिए ।

शिव श्रीराम गुल्मेली सुनचाँदी पसल, बुटवलद्वारा प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रबि विश्वकर्माले बताए ।

त्यस्तै विधागततर्फ तीन विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही ५–५ हजार नगद र ट्रफी पुरस्कारको पनि व्यवस्था गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

 

Post Comments