News पञ्चायन प्रथम सतिसाले कपको सेमिफाइनलमा
गोलनेपाल

केराबारी । पञ्चायन फुटबल क्लब, रामधुनी जारी प्रथम सतिसाले च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनलतर्फ पञ्चायनले मङ्गलबारे फुटबल क्लब, उर्लाबारीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

पञ्चायनको जितमा तिर्थ बस्नेत र पुजन चौधरीले गोल गरे । उता मङ्गलबारेले भने आत्मघाती गोल उपहार पाएको थियो । खेलमा पञ्चायनका तिर्थ बस्नेत म्यान अफ दि म्या चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष ३ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल चुलाचुली स्र्पोटिङ क्लब, दमक र न्यु स्टार एकेडेमी, बराहक्षेत्रबीच हुने आयोजकले जानकारी दियो ।

सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० हजार ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ७ गतेका दिन हुनेछ ।

Post Comments