News पानबारी सेमिफाइनल पुग्ने अन्तिम टोली
गोलनेपाल

केराबारी । पानबारी फुटबल क्लब, धरान यहाँ जारी प्रथम सतिसाले च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बिहीबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा पानबारीले बेतना फुटबल क्लब, बेलबारीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । पानबारीका लागि दुवै गोल मिलन राईले गर्दा पराजित बेतनाका लागि किस्मत लिम्बुले गोल गरेका थिए ।

खेलमा पानबारीका मिलन राई म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत पुष ५ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक सतिसाले स्र्पोटिङ क्लब, सतिसाले र चुलाचुली स्र्पोटिङ क्लब, दमक बीच हुने आयोजकले जानकारी दियो ।

सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० हजार ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ७ गतेका दिन हुनेछ ।

 

 

Post Comments