News चुलाचुली उपाधि नजिक
गोलनेपाल

केराबारी । चुलाचुली स्र्पोटिङ क्लब, दमक यहाँ जारी प्रथम सतिसाले च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

चुलाचुलीले पहिलो सेमिफाइनलतर्फ आयोजक सतिसाले स्र्पोटिङ क्लब, सतिसालेलाई टाईब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा चुलाचुलीले सतिसालेमाथि ४–३ ले जित निकाल्दै उपाधि नजिक पुग्न सफल भयो ।

खेलमा चुलाचुलीका गोलरक्षक रोशन कार्की म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुष ६ गते शनिबारको दोस्रो सेमिफाइनल खेल पानबारी फुटबल क्लब, धरान र पञ्चायन फुटबल क्लब, रामधुनी बीच हुने आयोजकले जानकारी दियो ।

सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० हजार ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ७ गतेका दिन हुनेछ ।

Post Comments