
काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वार्षिक रुपमा प्रदान गर्ने प्रतिष्ठित द बेस्ट अवार्डसँगै एक खेलाडीलाई पुस्कास अवार्ड पनि दिने गर्छ । बर्ष भरि मध्येबाट छनौट गरिएको एक उत्कृष्ट गोललाई दिइने यो प्रतिष्ठित अवार्ड यसपटक दक्षिण कोरियाली स्टार सन ह्युङ–मिनले जितेका छन् ।
गत सिजन अर्थात सन् २०१९–२० को सिजनमा इङलिस प्रिमियर लिगतर्फ बर्नली विरुद्ध उनले गरेको शानदार सोलो गोलले सनलाई यो प्रतिष्ठित अवार्ड दिलाउन सफल भएको हो ।
Magnificent goal from a magnificent player!#Puskas https://t.co/AbchkgVi9h
— AFC (@theafcdotcom) December 18, 2020
गत बर्षको डिसेम्बर ७ तारीखका दिन भएको सो खेलमा सनले आफ्नो गोलपोष्ट नजिकको बक्सबाट एक्लैले बल अघि बढाउँदै बर्नलीका डिफेन्डरहरुलाई पछि पारेर विपक्षीको पोष्टमा शानदार र सुन्दर सोलो गर्न सफल भएका थिए । त्यतिबेला सनको त्यो गोलको चर्चा पनि निकै चुलिएको थियो ।
स्मरण रहोस यो पुस्कास अवार्ड फिफाले सन् २००९ देखि निरन्तर दिंदै आइरहेको छ । रियल मेड्रिडका पूर्व हंगेरियन लिजेण्डरी फरवार्ड फेरेंक पुस्कासको नाममा यो अवार्ड वार्षिक रुपमा फिफाले प्रदान गर्दै आएको छ । आफ्नो जमानाका कलात्मक गोल शैलीका कारण चर्चित पुस्कासको सन् २००६ को नोभेम्बरमा ७९ बर्षको उमेरमा निधन भएको थियो ।
A world class goal from a world class player!😍
— AFC (@theafcdotcom) December 17, 2020
Son Heung-min's goal vs Burnley has won the 2020 @FIFAcom Puskas Award 🇰🇷⚡https://t.co/1ZL2VBdsC3
लेवान्डोस्की र लुसी बने द बेस्ट
स्मरण रहोस, बिहीबार राती स्वीजरल्याण्डको ज्यरिचमा सम्पन्न द बेस्ट फिफा अवार्डको पुरुषतर्फ यो अवार्ड बायर्न म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले जितेका थिए भने महिलातर्फ इङल्याण्ड र म्यानचेष्टर सिटीकी स्टार डिफेन्डर लुसी ब्रोन्जले जितेकी थिईन् ।
त्यस्तै उत्कृष्ट पुरुष प्रशिक्षकतर्फको यो अवार्ड इङलिस च्याम्पियन लिभरपुलका म्यानेजर यर्गन क्लपले लगातार दोस्रोपल्ट जित्न सफल भ एभने महिलातर्फको यो अवार्ड नेदरल्याण्डसकी सरिना विगम्यानले जितेकी थिईन् ।
पुस्कास अवार्ड जित्ने सनले गरेको त्यो सोलो गोल पनि हेर्नुहोसः
The pass that made it all possible.@JanVertonghen 🔥#FIFAFootballAwards ⚪️ #TheBest pic.twitter.com/ppr612H11y
— Tottenham Hotspur (@SpursOfficial) December 17, 2020