News
थ्रीस्टारसँग मनाङ निराश, जावलाखेल र खुमलटारको बराबरी
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता समापनको संघारमा आइपुग्दा बुधबार थ्रीस्टार क्लबले रोमाञ्चक जित निकाल्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हरायो । यो जितपति २१ खेलबाट ४० अंक जोडेको थ्रीस्टार लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित मनाङ भने २५ अंकका साथ आठौं स्थानमा छ ।
बुधबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि २१ खेलबाट २७ अंक जोडेको जावलाखेल लिगतालिकाको सातौं स्थानमा छ । खुमलटार भने १२ अंकका साथ ११औं स्थानमा छ ।
स्मरण रहोस, यस सिजनको युथ लिग उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले एक खेल अगावै जितिसकेको छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने