News
थ्रीस्टारसँग मनाङ निराश, जावलाखेल र खुमलटारको बराबरी
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता समापनको संघारमा आइपुग्दा बुधबार थ्रीस्टार क्लबले रोमाञ्चक जित निकाल्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हरायो । यो जितपति २१ खेलबाट ४० अंक जोडेको थ्रीस्टार लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित मनाङ भने २५ अंकका साथ आठौं स्थानमा छ ।
बुधबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि २१ खेलबाट २७ अंक जोडेको जावलाखेल लिगतालिकाको सातौं स्थानमा छ । खुमलटार भने १२ अंकका साथ ११औं स्थानमा छ ।
स्मरण रहोस, यस सिजनको युथ लिग उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले एक खेल अगावै जितिसकेको छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि