News संकटाका कृष्ण बने सर्वोत्कृष्ट खेलाडी
गोलनेपाल

काठमाडौं । मंगलबार समापन भएको ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिताको व्यक्तिगत विधातर्फ संकटा फुटबल क्लबका कृष्ण बहादुर आले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

त्यस्तै उत्कृष्ट गोलरक्षक थ्रीस्टार फुटबल क्लबका आयुष्मान तामाङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार विजेता नेपाल पुलिस क्लबका कप्तान सुवास बम ठकुरीले हात पारे । उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार र ट्रफी हात पारे ।

त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगिताको फेयर प्ले टिम बन्यो । त्यसवापत आर्मीले आकर्षक ट्रफी हात पार्यो । स्मरण रहोस, यस सिजनको युथ लिग नेपाल पुलिस क्लबले जितेको छ भने दोस्रो स्थानमा न्युरोडटिम (एनआरटी) र तेस्रो स्थानमा संकटा रह्यो ।

समापन कार्यक्रमका विजेता टोली तथा खेलाडीहरुलाई प्रमुख अतिथी ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरन राई लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments