News
एन्फा यु–१६ लिगः पुलिससँग आर्मी निरीह
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको विभागीय भिडन्तमा नेपाल पुलिस क्लबले फराकिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि ७–० को फराकिलो जित हात पारेको हो । पुलिसका लागि समिर राईले ह्याट्रिक गरे । त्यस्तै रिजन राज गौतमले दुई गोल गर्दा समिर मगर र समिर कुमारले समान एक–एक गोल गरे ।
आइतबार नै भएको अर्को खेलमा फ्रेण्डस क्लबले सातदोबाटो युथ क्लबमाथि शून्यका विरुद्ध २ गोलको जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने