
नक्सलबारी । संघर्षपुर्ण जित निकाल्दै डागीहाट फुटबल क्लब, मोरङ यहाँ जारी पाँचौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलतर्फ डागीहाटले रोयल स्र्पोटिङ क्लब, झापालाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ डागीहाटका लागि सबिन राईले गोल गरेका थिए भने रोयल स्र्पोटिङका लागि सौगात बिकले गोल गरेका थिए । टाईब्रेकरमा भने डागीहाटले ४–१ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलमा डागीहाटका गोलरक्ष कुमार तामाङ म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुस २५ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल इन्ट्रा पथरी–११, पथरी, मोरङ र पानबारी फुटबल क्लब, सुनसरी बीच हुनेछ ।
नक्सलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।