News सातदोबाटोसँग आर्मी स्तब्ध, फ्रेण्डसलाई पनि सफलता
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका दुई खेलहरुमा सातदोबाटो युथ क्लब र फ्रेण्डस क्लबले महत्वपूर्ण जित हात पारेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटोले त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० ले हरायो । सातदोबाटोको जितमा आयुष खड्का, युवराज शाही र अल्बिन लिम्बुले समान एक–एक गोल गरे । खेलमा सातदोबाटोका आयुष खड्का म्यान अफ दि म्याच समेत बने ।

त्यस्तै दिनको दोस्रो खेलमा फ्रेण्डसले एफसी खुमलटारमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । फ्रेण्डसका लागि साजन गुरुङ्ग र कृष कटुवालले गोल गरे । पराजित खुमलटारका लागि मेहन सापकोटाले एक मात्र गोल फर्काए । खेलमा फ्रेण्डसका दिवान थापा म्यान अफ दि म्याच चुनिए ।

 

Post Comments