News बिराट भेट्रान गोल्डकपः हाम्रो धरान भेट्रान क्वाटरफाइनलमा
गोलनेपाल

सुन्दरहरैचा । झिनो अन्तरको जितका साथ हाम्रो धरान भेट्रान, सुनसरी जारी चौथो बिराट भेट्रान गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ हाम्रो धरान भेट्रानले मिल्स भेट्रान, मोरङलाई १–० ले हरायो । खेलमा हाम्रो धरान भेट्रानका लागि बिजय राईले एक मात्र गोल गरे । हाम्रो धरान भेट्रानका निर्णायक गोलकर्ता बिजय राई नै खेलको म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २२ गते मंगलबारको क्वाटरफाइनल खेल राजारानी भेट्रान, धनकुटा र पूर्वेली भेट्रान, झापा बीच हुने आयोजकले जानकारी दियो ।

बिराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २६ गतेका दिन हुनेछ । 

 

Post Comments