News आर्मीलाई एफसी क्लब लाइसेन्स हस्तान्तरण
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एका कार्यक्रमका बीच एएफसी क्लब लाइसेन्स सर्टिफिकेट हस्तान्तरण गरेको छ ।

स्मरण रहोस, आर्मीले गत साता मात्र क्लब लाइसेन्सका लागि चाहिने एएफसीको सबै मापदण्ड पूरा गरेपछि एएफसी क्लब लाइसेन्स हात पार्न सफल भएको थियो । त्यसपश्चात आर्मीको नाम पनि त्रिभुवन आर्मी फुटबल क्लब राखिएको थियो ।

बुधबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल आर्मीका सेना प्रमुख जनरल पुर्ण चन्द्र थापालाई एक कार्यक्रमका बीच एएफसी क्लब लाइसेन्स सर्टिफिकेट हस्तान्तरण गरे ।

आर्मीले एएफसी कप खेल्ने

गत सिजन शहिद स्मारक ए डिभिजन लिगको उपविजेता आर्मीले २०२१ को प्रतिष्ठित एएफसी कप खेल्नेछ । लिग विजेता मच्छिन्द्रले फुटबल एएफसी क्लब लाइसेन्स प्राप्त नगरेकाले लिगको उपविजेता बनेको आर्मीले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको हो ।

स्मरण रहोस, नेपालमा एएफसी क्लब लाइसेन्स हात पार्ने आर्मी पहिलो टोली समेत हो । यसअघि नेपालका १३ क्लबहरुसँग एएफसी क्लब लाइसेन्स थिएन । क्लब लाइसेन्स नहुँदा एएफसीले नेपाली क्लबहरुलाई आफ्नो आधिकारिक प्रतियोगितामा सहभागिता जनाउनबाट समेत बन्देज लगाएको थियो ।

Post Comments