News
नवौं सुर्यनगर गोल्डकपको खेलतालिका सार्वजनिक

सुर्यनगर । श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगर, नवलपरासीको आयोजनामा हुने नवौं सुर्यनगर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा फागुन ७ गतेका दिन बाँसबारी क्लब, काठमाडौं र परिवर्तन हातेमालो, चितवन भिड्ने छन् । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन १६ गतेका दिन हुनेछ ।
बर्दघाट नगरपालिका, नवलपरासी संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,६६,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३,३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments