News अन्तिम चारमा आर्मी र केपी एफसी
गोलनेपाल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र केपी फुटबल क्लब जारी दोस्रो केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे ।

अर्को खेलमा केपी एफसीले न्युरोडटिम (एनआरटी) लाई १–० को झिनो अन्तरले हरायो । केपी एफसीका लागि सुरज जिउ ठकुरीले एक मात्र निणाृयक गोल गरे ।

प्रतियोगिता अन्तर्गत फागुन १३ गते मंगलबार ११ः३० बजे हुने तेस्रो क्वाटरफाइनलमा एपिएफले संकटा एफसीसँग खेल्नेछ भने ३ बजे हुने चौथो क्वाटरफाइनलमा मच्छिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेड भिड्ने छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।

 

Post Comments