नेपाल यु–१५ फुटबल टोलीका प्रशिक्षक सनोज श्रेष्ठले बिहीबारदेखि शुरु हुन गईरहेको साफ यु–१५ च्याम्पियनसिपमा आफ्नो टोली उपाधिका लागि भिड्ने बताएका छन् ।

प्रतियोगिताको समूह ए मा रहेको आयोजक टोली नेपालले आफ्नो पहिलो खेल बिहीबार माल्दिभ्ससँग खेल्दैछ ।

यद्यपि प्रतियोगिताको उद्घाटन खेलमा समूह बी तर्फ भारत र पाकिस्तान भिड्दै छन्

ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलतर्फ ११:३० मा भारत र पाकिस्तान भिड्ने छन् भने दोस्रो खेलमा ३ बजे नेपाल र माल्दिभ्स भिड्ने छन्।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशशिक्षक सनोज श्रेष्ठले भने, “हामीले एक बर्ष लामो राम्रो तयारी गरेका छौं । हामी उपाधिका लागि भिड्नेछौं ।”

त्यस्तै नेपाली टोलीका कप्तान प्रदिप लम्सालले आफूहरु आत्मविश्वासका साथ मैदानमा उत्रिने बताए ।