News
दोस्रो माछापोखरी हिटी गोल्ड कपको तयारी पूरा
ताप्लेजुङ। ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी-५ चांगेमा आमन्त्रित दोस्रो माछापोखरी हिटी गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएसँगै आजबाट प्रतियोगिता सुरु हुन लागेको छ।
चांगे माछापोखरी हिटी क्लबको आयोजनामा आजबाट हुन लागेको प्रतियोगितामा लालीमा क्लब ताप्लेजुङ, संखुवासभा जिल्ला फुटबल संघ, सम्दु फुटबल क्लब तेह्रथुम, वाई वाई पाँचथर , डाँडाबजार फुटबल क्लब धनकुटा, न्यू स्टार क्लब झापा, आयोजक माछापोखरी हिटी क्लब ताप्लेजुङ र डिफेन्डिङ च्याम्पियन टोली मारीक फुटबल क्लब धरान सहित आठ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता हुने टिमले नगद तिन लाख रुपैयाँ सगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद एक लाख साठी हजार रुपैयाँ प्राप्त गर्ने छ। प्रत्येक खेलमा म्यान अफ दि म्याचको पनि व्यवस्था रहेको छ।
आज दिनको ठीक २:०० बजे मारिक फुटबल क्लब धरान र आयोजक माछापोखरी हिटी क्लब ताप्लेजुङको खेलसँगै प्रतियोगिता सुरु हुने छ। सम्पूर्ण खेलहरूको प्रतक्ष्य प्रशारण गोल नेपालको फेसबुक पेजबाट हुनेछन्।
Post Comments
Related News
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि