News ताप्लेजुङः छैटौ सावादिन च्यालेन्ज कपमा आयोजक बि.सि.एस को विजयी सुरूवात
गोलनेपाल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनमा बि.सि.एस युवा क्लबद्वारा आयोजित छैटौ सावादिन च्यालेनज कपमा आयोजकले विजयी सुरूवात गरेको छ ।

सोमबार बि सि एस खेल मैदानमा सम्पन्न पहिलो खेलमा वाइवाइ पॉचथरलाई सडन डेथमा ७-६ गोलले पराजित गर्दै आयोजक बि.सि.एस. प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउट तर्फ धकेलिएको थियो । पेनाल्टि सुट आउटमा पनि ५-५ गोलको बराबरी भएपछि नतिजा सडन डेथ मार्फत निकालिएको थियो । खेलको म्यान अफ दि म्याच बि.सि.एसका शिसिर लिम्बु घोषित हुँदै आकर्षक गिफ्ट प्राप्त गरे।

प्रतियोगिताको दोस्रो दिन मंगलबार क्वाटर फाइनलका बॉकी तीन खेल सन्चालन हुने आयोजकले जनाएको छ । भोली हुने पहिलो खेलमा थलङ स्पोर्टिङ क्लब ताप्लेजुङ र आराधना नाजिरिङ चर्च खाम्लालुङ तेह्रथुम बिच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ । फाल्गुन २६ गते देखि सन्चालन सुरू भएको प्रतियोगिता फागुन २९ गते सकिने छ । प्रतियोगिताको विजेताले रू. १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।साथै विधागकत पुरस्कार समेत प्रदान गरिने बताइएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद, समृद्धिका लागि खेलकुद’ भन्ने नारालाई सार्थक पार्दै ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्धन गर्ने उदेस्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रूपहाङ लिम्बुले जानकारी दिए । साथै यसै प्रतियोगिताको अवसरमा दौड प्रतियोगिता समेत सन्चालन गरिने लिम्बुले बताए । दौडमा प्रथम हुनेले १० हजार,दोस्रोले ६ हजार,तेस्रोले ३ हजार ,चौथो र पॉचौ स्थान हासिल गर्नेले १ हजार प्राप्त गर्नेछन भने दशौ स्थान सम्मले प्रमाण पत्र प्राप्त गर्नेछन ।

Post Comments