News साफ यु–१५ च्याम्पयनसिप : भारत पहिलो खेल मै पराजित
गोलनेपाल

बिहीबारदेखि काठमाडौंमा शुरु साफ यु–१५ च्याम्पियनसिपमा दावेदार मानिएको भारतले अप्रत्याशित हारका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न उद्घाटन खेलमा समूह बी तर्फ रहेको भारतले पाकिस्तानसँग १–२ को हार बेहोरेको हो । समूह चरणको अन्तिम खेलमा अब भारतले आउँदो सोमबार भुटानको सामना गर्नेछ । सो खेल भारतका लागि महत्वपूर्ण समेत हुनेछ ।

त्यसैगरी आज नै नेपाली समयअनुसार दिनको ३ बजेदेखि समूह ए तर्फ आयोजक नेपालले माल्दिभ्सको सामना गर्दैछ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

Post Comments