News सुरजको चार गोलसँगै अन्तिम चारमा नवयुवा
सुरज राना मगर

बभनी । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल यहाँ जारी स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ नवयुवाले न्यु सृजना युवा क्लब, करौजियालाई ४–१ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । नवयुवाका लागि म्यान अफ दि म्याच समेत घोषित सुरज थारु एक्लैले चार गोल गरे । पराजित न्यु सृजनाका लागि भने निखिल नेपालीले एक मात्र गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत चैत्र ५ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र इलिट फुटबल एकेडेमी, तिलोत्तमाबीच हुने आयोजकले जानकारी दियो ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने चैत ९ गतेका दिन हुनेछ ।

Post Comments