News नवयुवालाई फाइनल पुर्याउन बिशाल सुनारको ह्याट्रिक
सुरज राना मगर

बभनी । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल रुपन्देहीमा जारी पाँचौं न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलतर्फ नवयुवाले बिग बुद्ध फुटबल क्लब, सुनवललाई ५–१ को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । नवयुवाको जितमा बिशाल सुनारले ह्याट्रिक गरे भने सुरज थारुले थप दुई गोल गरे । उता पराजित बिग बुद्धका लागि भने जेनिश गुरुङ्गले एक मात्र गोल गरेका थिए ।

खेलमा ह्याट्रिक गरेका नवयुवाका बिशाल सुनार म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र ७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक न्यु राईज युथ क्लब, बभनी र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने आयोजकले जानकारी दियो ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने चैत ९ गतेका दिन हुनेछ ।

Post Comments