News लिस्नु फाइनलमा, उपाधिका लागि नवयुवासँग भिड्ने
सुरज राना मगर

बभनी । रोमाञ्चक जित निकाल्दै लिस्नु युवा क्लब, कोटिहवा जारी स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा लिस्नुले छिमेकी प्रतिद्वन्द्वी तथा आयोजक न्यु राईज युथ क्लब, बभनीलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

लिस्नुको जितमा विश्व थापा र आशिष रानाले गोल गरे । पराजित न्यु राईजका लागि भने सुमित मल्लाहले गोल गरेका थिए । खेलमा लिस्नुका विश्व थापा म्यान अफ दि म्याच घोषित भए ।

लिस्नुले अब चैत ९ गते शनिबार हुने फाइनलमा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलसँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ ।

 

Post Comments