News
धनकुटाको साँगुरीगढीमा बैशाख १७ गतेदेखि चौथो डाँडाबजार गोल्डकप हुने
धनकुटाको साँगुरीगढीमा आगामी बैशाख १७ गतेदेखि चौथो डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
डाँडाबजार फुटबल क्लबको आयोजनामा, साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृतीकोष तथा डाँडाबजार ब्रदरहुडको प्रयोजनमा उक्त प्रतियोगिता आयोजना हुने जानकारी प्राप्त भएको छ।
‘डाँडाबजारको सान : खेलकुद तथा पर्यटन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा धनकुटा, सुनसरी र मोरङ्गका आठ टिम सहभागी हुने छन्। आयोजक संस्थाका अध्यक्ष राजकुमार थेगिम लिम्बुले यसबारे जानकारी दिएका छन्।
प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले २ लाख ५५ हजार नगद प्राप्त गर्नेछ। साथै, दुबै टोलीले मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नेछन्। प्रतियोगिता बैसाख २० गते सम्पन्न हुने आयोजकले जनाएको छ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा