News साफ यु–१५ च्याम्पियनसिप : नेपालको शानदार शुरुवात
गोलनेपाल

बिहीबारदेखि शुरु साफ यु–१५ च्याम्पियनसिपमा घरेलु टोली नेपालले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न समूह ए तर्फको पहिलो खेलमा आयोजक नेपालले माल्दिभ्सलाई शून्यका विरुद्ध ४ गोलले हरायो ।

नेपालको जितमा जान लिम्बु, नमस थापा मगर, सशांक बोहोरा र दिपे राईले गोल गरे । यो जितसँगै नेपालले सेमिफाइनल प्रवेश गर्ने सम्भावना पनि बलियो बनाएको छ ।

समूह चरणतर्फ नेपालले आफ्नो अन्तिम खेल आउँदो सोमबार बंगलादेशसँग खेल्नेछ । बंगलादेश विरुद्धको खेलमा नेपाललाई बराबरी पनि सेमिफाइनलमा पुग्न प्रर्याप्त बन्नेछ ।

Post Comments