
म्यानमारमा आयोजना हुने ओलम्पिकका लागि एशियाली छनोट प्रतियोगितामा सहभागि हुन जाने नेपाली महिला टोलीलाई बिहिबार एक कार्यक्रम विच बिदाई गरिएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले एन्फा भवनमा बिदाई गरे ।
नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक, एक टोली नेता र एक ब्यवस्थापक रहेका छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्र प्रसाद मिश्र, टोली नेतामा दिर्घ बहादुर के.सी. र ब्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन् ।
नेपाली टोलीको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बरमा भारतसंग प्रतिस्पर्धा गर्ने प्रशिक्षक खड्काले जानकारी गराए । यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेश संग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीले पहिलो पटक ओलम्पिक छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । यस अघि नेपाली टोलीले चाईनामा तीन मैत्री पूर्ण खेल खेल्ने छ । नेपाली टोलीले अक्टोबर २९ र ३१ तारिखमा बेईजिङ्ग फोनिक्स महिला फुटबल टिम संग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । यस्तै ३० तारिखमा बेईजिङ्ग स्पोर्टस् युनिभर्सिटी संग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।
नेपाली टोली नोभेम्बर २ तारिख चाईनाबाट म्यानमार प्रस्थान गर्ने छ । नेपाली टोलीलाई शुभकामना सहित बिदाई गर्दै सदस्य सचिव बिष्टले नेपाली महिला टोलीले पहिलो पटक प्राप्त गरेको अवसरलाई सदुपयोग गर्ने भन्दै टोलीले राष्ट्रको नाम उच्च राख्ने बिश्वास ब्यक्त गरे । नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)