खोक्लिङ । यहाँ सम्पन्न २७औं रामनवमी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सिर्जनशील सामाजिक युवा समाज, खोक्लिङले नै जितेको छ ।
बिहीबार सम्पन्न फाइनलमा सिर्जनशीलले बगान युथ क्लब, झापालाई ३–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । मोति माविको खेलमैदानमा भएको फाइनलमा सिर्जनशीलका लागि दिपक लिम्बुले दुई गोल गर्दा पवन राईले एक गोल गरे । उता बगानका लागि भने लाक्पा तामाङले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
विजेता बनेको सिर्जनशीलले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता बगान युथले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ सिर्जनशीलका बसन्त तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । सिर्जनशील कै मिलन लिम्बु उत्कृष्ट डिफेन्डर बन्दा बगान युथका बिक्रम क्षेत्री उत्कृष्ट मिडफिल्डर बने । उत्कृष्ट फरवार्ड पनि बगान कै लाक्पा तामाङ बने । उत्कृष्ट बनेका सबैले जनही २–२ हजार र ट्रफी हात पारे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने आयोजक सिर्जनशीलका दिपक लिम्बु घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्की, वार्ड नम्बर १ का अध्यक्ष राम सुब्बा लगायतले पुरस्कृत गरेका थिए ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि