News
मैदान तयार, खेलाडी उत्साहित
उर्लाबारी । हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति खेल मैदान निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीय खेलाडीहरूमा उल्लास र उमंग छाएको छ। अब आफ्नै क्षेत्रमा आधुनिक र व्यवस्थित खेल मैदान पाउन लागेको खबरले उनीहरूमा नयाँ उत्साह थपिएको छ।
युवाहरू बिहानदेखि बेलुकीसम्म मैदानको तयारी हेर्न र अभ्यास गर्न आउने क्रम बढेको छ। फुटबल लगायत विभिन्न खेलहरूका लागि सुविधा सम्पन्न स्थल बन्ने तयारीमा रहेको यो मैदानले भविष्यका प्रतिभाशाली खेलाडीहरू उत्पादन गर्ने अपेक्षा गरिएको छ।
मैदान मात्र होइन, यहाँको वातावरणमा पनि परिवर्तन देखिन थालेको छ। खेलप्रति समर्पित युवा पुस्ताले अनुशासन, सहकार्य र लक्ष्यप्रति दृढताको अभ्यास गर्दै मैदानलाई आफ्नो दोस्रो घरसरह माया गर्न थालेका छन्। अबको केही समयमै, यस मैदानमा स्थानिय, क्षेत्रीय र राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना भई उर्लाबारी–९ को परिचय अझ उज्यालो हुने विश्वास लिइएको दिलिप थक्लुङ्ले बताउनु भयो ।
यो पनि पढ्नुस्ः
सबैको साथले सम्भव बनेको हस्तबहादुर राई स्मृति खेल मैदान
Post Comments
Related News