News
तेस्रो न्यु युथ युनियन कप बैशाख अन्तिम सातादेखि

तानसेन । पाल्पाली फुटबलमा फरक पहिचान बनाउन सफ न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा यही बैशाख २६ गतेदेखि तेस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
तानसेन, पाल्पा स्थित टँुडिखेल मैदानमा हुने प्रतियोगिताको बैशाख २२ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८००० तोकिएको छ । विस्तृत सम्पर्ककका लागि सम्पर्क नम्बर ९८४७५२४५२४ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको व्यवस्थापन गरिरहेका अमृत केसीले जानकारी दिए । त्यसबाहेक विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको केसीले बताए ।
Post Comments