
काठमाडौं (एजेन्सी) । यसै बर्ष हुने भनिएको एएफसी यु–१६ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको भारतको यु–१६ टोली एक्सपोजर म्याचका लागि युएई प्रस्थान गरेको छ ।
अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) का अनुसार भारतले युएईमा चार एक्सपोजर म्याच खेल्नेछ । त्यसमध्ये दुई म्याच युएई यु–१६ टोलीसँग खेल्ने समेत पक्का भएको छ ।
डिसेम्बरदेखि गोवामा एक महिना लामो अभ्यास क्याम्पमा समेत सहभागी भारतीय टोलीले अल हमरियाह स्पोर्टस क्लब र शारजहाँ एफसीसँग दुई मैत्रीपूर्ण म्याच खेल्नेछ । त्यसपछि भारतीय टोलीले युएईको यु–१६ टोलीसँग दुई म्याच खैल्ने फेडरेशनले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि कोभिड–१९ नै बाधक
यसअघि गत बर्ष २०२० मा बहराईनमा हुने भनिएको एएफसी यु–१६ च्याम्पियनसिपको मिति दुईपटक घोषणा गरेर स्थगित गर्नुपरेको थियो । एएफसीले गत बर्षको १६ सेप्टेम्बरदेखि ३ अक्टुबरसम्म प्रतियोगिता आयोजना गर्ने बताएको थियो । तर कोभिड–१९ महामारीका कारण पछि त्यो मिति २५ देखि १२ डिसेम्बरसम्मका लागि सारिएको थियो ।
U-16 National Team 🇮🇳 set for exposure matches against UAE 🇦🇪
— Indian Football Team (@IndianFootball) January 11, 2021
Read 👉 https://t.co/GlADARNOgD#BackTheBlue 💙 #IndianFootball ⚽ pic.twitter.com/rWfV9vV273
महामारीका कारण दोस्रोपल्ट तोकिएको मितिमा पनि प्रतियोगिता हुने सम्भावना नदेखिएपछि एएफसीले सन् २०२१ सम्मका लागि प्रतियोगिता स्थगित गरिएको थियो । रिपोर्टअनुसार प्रतियोगिता यसै बर्षको मार्चतिर हुन सक्ने बताइएको छ । साथै एएफसीले यु–१६ उमेर समूहमा यो अन्तिम संस्करण हुने बताएको छ । सन् २०२३ देखि यो उमेर समूहलाई यु–१७ मा बढुवा गरेर आयोजना गर्ने एएफसीले घोषणा गरिसकेको छ ।
कठिन समूहमा भारत
एएफसी यु–१६ च्याम्पियनसिपतर्फ भारत कठिन मानिएको समूह सी मा परेको छ । जहाँ उसले दुई पूवै विजेता र दावेदार टोली दक्षिण कोरियासँगै उज्वेकिस्तानको सामना गर्नेछ । त्यस्तै भारतले सोही समूहमा तीनपल्टको सेमिफाइनलिस्ट अष्ट्रेलियासँग पनि खेल्नेछ ।