Province 1 मन्दिपको निर्णायक गोलसंगै पथरी च्याम्पियन
गोपाल काफ्ले

पथरी । मोरङको डाँगिहाटमा सम्पन्न प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी पथरी स्पोटिङ क्लवले जित्न सफल भएको छ । शनिवार सम्पन्न फाइनल भिडन्तमा डाँडाबजार फुटवल क्लव, धनकुटालाई २–१ गोल अन्तरले हराउदै पथरी स्पोटिङ क्लव च्याम्पियन बनेको हो ।

फाइनल खेलको पहिलो हाफतर्फ ८औँ मिनेटमा पथरीका विसाल पाण्डेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यद्यपि खेलको २४औ. मिनेटमा धनकुटाका संजय रम्तेलले गोल गर्दै खेललाई बराबरीमा पु्र्याए ।

उता दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सन्दिप धिमाल पथरीका लागि निर्णायक बने । सन्दिपले खेलको अन्तिमतिर निर्णायक गोल गर्दै पथरीलाई उपाधि जिताउन सफल भएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच पथरीका लागि निर्णायक गोलकर्ता सन्दिप धिमाल नै घोषित भए । त्यसवापत उनले ट्रफी र २५ सय हात पारे । विजेता बनेको पथरीले उपाधिसहित १ लाख १ हजार हात पार्यो भने उपविजेता डाँडाबजारले ५१ हजारमा चित्त बुझायो ।

त्यस्तै प्रतियोगिताको व्यक्तिगत विधातर्फ पथरीका मनोज गुरुङ उत्कृष्ट गोलरक्षक, निमोन लिम्बु उत्कृष््ट ्डिफेन्डर, संजय लिम्बु उत्कृष्ट डिमफिल्डर र सुमन बिक उत्कृष्ट प्रशिक्षक घोषित भए । त्यस्तै डाँडाबजारका बिबेश गुरुङले उत्कृष्ट फरवार्ड र संजय रम्तेलले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही ५–५ हजार प्राप्त गरे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी डाँडाबजारका एलोन राई घोषित हुँदै १० हजार हात पारे । उदीयमान खेलाडी भने आयोजक टोलीका सुरेन्द्र खवास घोषित भए । उनले त्यसवापत ५ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वुद्ध एयरका प्रतिनीधी शालिग्राम बस्नेत र विशिस्ट अतिथी मोरङ एन्फाका अध्यक्ष दिपेन्द्र धिमालले पुरस्कार वितरण गरे । वुद्ध एयरको मुख्य प्रायोजनमा भएको उक्त प्रतियोगितामा प्रदेश भरीका आठ टिम सहभागी थिए ।

 

Post Comments