Province 1 सुनसरी डर्बीमा औरावनीको जित
गोलनेपाल

सुकचर । सुनसरी डर्बीमा साँघुरो जित निकाल्दै औरावनी फुटबल क्लब जारी प्रथम सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको तेस्रो क्वाटरफाइनलमा औरावनीले गोल्डेन स्टार युथ क्लब, दुहबी सुनसरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । बुढिगंगा खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा औरावनीका लागि कुन्दन चौधरीले २२औं मिनटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच विजेता टोली औरावनी कै प्रताप चौधरी घोषित भए । उनलाई बुढिगंगा गाउँपालिका मोरङका अध्यक्ष रमेश खनालले नगद ५०० सहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत भदौ ३१ गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल योङ ब्वाइज एफसी, मोरङ र तालतलैया फुटबल एकेडेमी, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

नव युवा क्लब सुकचर ११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो असोज ४ गतेका दिन हुनेछ ।

Post Comments