Province 1 भरौल फाइनलमा, उपाधिका लागि हाम्रो धरानसँग भिड्ने
गोलनेपाल

दुहबी । साँघुरो जितका साथ भरौल भेट्रान क्लब, सुनसरी यहाँ जारी प्रथम दुहबी भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनल भिडन्तमा भरौलले जनता भेट्रान क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । श्री सरस्वती उमाविको खेलमैदानमा सम्पन्न खेलमा भरौलका लागि दशौं मिनट मै इश्वर कुमार कटुवालले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच भने भरौल कै चन्द्र बहादुर लिम्बु घोषित भए । उनलाई प्रमुख अतिथी दुहबी नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष मुन्ना हलुवाईले नगदसहित पुरस्कृत गरे ।

अब भरौलले फाइनलमा मंसिर ४ गते शनिबारका दिन हाम्रो धरान भेट्रानसँग उपाधिका लागि भिड्ने छन् । दुहबी भेट्रान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।

Post Comments