Province 1 वार्ड नम्बर ३ फाइनलमा, उपाधिका लागि ५ सँग भिड्ने
गोलनेपाल

इटहरी । वार्ड नम्बर ३ यहाँ जारी इटहरी फुटबल रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर १६ लाई २–१ ले हराउँदै वार्ड नम्बर ३ उपाधि नजिक पुगेको हो ।

इटहरी स्थित क्षेत्रीय रंगशालामा भएको खेलमा वार्ड नम्बर ३ का लागि १८औं मिनटमा विशु श्रेष्ठ तथा ३८औं मिनटमा सनम लिम्बुले गोल गरेका थिए । उता पराजित वार्ड नम्बर १६ का लागि ५९औं मिनटमा किरन राईले आत्मघाती गोल गर्न पुगेका थिए ।

खेलमा वार्ड नम्बर ३ का मनिष मगर म्यान अफ द म्याच घोषित भए । उनलाई इटहरी उपमहानगरपालिका वार्ड नम्बर ३ का सदस्य बाबुराम नेपालले एक थान मोबाइल सेटसहित पुरस्कृत गरे ।

वार्ड नम्बर ३ ले अब फाइनलमा मंसिर २० गतेका दिन वार्ड नम्बर ५ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

Post Comments