Province 1 आयोजक नुरानी सेमिफाइनलमा
गोलनेपाल

दुहबी । आयोजक नुरानी स्र्पोटिङ क्लब यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा आयोजक नुरानीले शान्ति युवा क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि दुहबी–८ स्थित श्री बिष्णु माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा आयोजक नुरानीका गोलरक्षक रोशन कार्की म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी आयोजक क्लबका पूर्व सचिव नबी हुसैनले नगद ५ सय र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत मंसिर २२ गते बुधबारको पहिलो सेमिफाइनल खेल युवा एकता क्लब र नव युवा क्लब बीच हुने आयोकले जनाएको छ ।

नुरानी स्र्पोटिङ क्लब, दुहबी–९ सुनसरीको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २५ गतेका दिन हुनेछ ।

 

Post Comments