Province 1 नव युवा क्लब फाइनलमा
गोलनेपाल

दुहबी । प्रतिस्पर्धात्मक जितका साथ नव युवा क्लब सुकचर, मोरङ यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दुहबी–८ स्थित श्री बिष्णु माविको खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा नव युवाले युवा एकता क्लब, दुहबी, सुनसरीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

नव युवाका लागि दोस्रो हाफको छैठौं मिनटमै सन्देश श्रेष्ठले पहिलो गोल गरेका थिए । २१औं मिनटमा सागर चौधरीले त्यो अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता युवा एकताका लागि दोस्रो हाफको ३५औं मिनटमा सुजन चौधरीले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । खेलमा नव युवाका गोलरक्षक प्रमिजय चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी मो. मेहरुदिनले नगद ५ सयसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत मंसिर २३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक नुरानी स्र्पोटिङ क्लब र विराट स्पोर्टस एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।

नुरानी स्र्पोटिङ क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २५ गतेका दिन हुनेछ ।

 

Post Comments